गौरमा धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या

गौरमा धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या

अर्थ चौतारी

गौरमा धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या

A A- A+

रौतहट । रौतहटको गौरमा हिजो राति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान फेला परेको हो ।

महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?