प्रचण्डले भने- नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना

प्रचण्डले भने- नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना

अर्थ चौतारी

प्रचण्डले भने- नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना

A A- A+

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना रहेको बताएका छन् ।संसद्‍मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारेको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।दाहालले उनले संसारभर चल्ने युद्धहरू कि जीत कि हारमा परिणत हुने बताउँदै नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको दाबी गरे ।

‘नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो । यदि यही शान्ति प्रक्रिया यूरोप वा पश्चिमा मुलुकमा भएको भए सायद यसको मान्यता र यसलाई स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो,’ उनले भने, ‘संसारभर नै चल्ने युद्ध कि त हारमा परिणत भएका छन्, कि त सम्पूर्ण रुपले जितमा । तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाका रुपमा छ ।’ शान्ति प्रक्रियामा नेपालका अनुभव निकै मौलिक रहेका उनले बताए । ‘हाम्रै गृह, हाम्रै जलवायु, हाम्रै संस्कृति अनुकूल हुर्किएको शान्ति प्रक्रियाका रुपमा यो छ यसमा अरु देशको नक्कल यो छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?