काठमाडौं । झापामा इटालियन पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-८ का ३६ वर्षीय संजीव गजमेर छन् । उनलाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको हो । उनीबाट मेड इन इटाली लेखिएको पेस्तो र २ थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
बिहान दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट उनलाई पक्राउ गरिएको हो । को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार उनले पेस्तोल बोकेको प्रहरीले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच