गाजा युद्ध १० औँ महिनामा प्रवेश

A view of the rubble of buildings hit by an Israeli airstrike, in Gaza City, Tuesday, Oct. 10, 2023. Israel has launched intense airstrikes in Gaza after the territory's militant rulers carried out an unprecedented attack on Israel Saturday, killing over 900 people and taking captives. Hundreds of Palestinians have been killed in the airstrikes. AP/PTI(AP10_10_2023_000241B)

गाजा युद्ध १० औँ महिनामा प्रवेश

अर्थ चौतारी

गाजा युद्ध १० औँ महिनामा प्रवेश

A A- A+

गाजा पट्टी (प्यालेस्टाइनी क्षेत्र) असार २३ गते । हमासले दक्षिणी इजरायलमा गत वर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा युद्ध सुरू गरेको आइतबार १० औँ महिना सुरू भएको छ ।

यो अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।

हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने लडाकू समूहले २५० जना बन्धक बनाएको थियो । युद्ध विराम र कैदी आदान प्रदान सम्झौतापछि हमासले १०० भन्दा बढी व्यक्तिलाई रिहा गरेका थिए भने यसको तेब्बर सङ्ख्यामा प्यालेष्टिनी बन्दी रिहा भएका थिए ।

हिंसा रोक्नको लागि नयाँ कूटनीतिक प्रयासहरू जारी छन् ।

इजरायलले कतारको दोहामा हालै सुरु भएको युद्धविराम वार्तालाई निरन्तरता दिन आगामी दिनमा एक प्रतिनिधिमण्डल पठाउने बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता कसरी गर्ने भन्ने विषयमा हमाससँग ‘भिन्नता’ कायमै रहेको बताएका छन् ।

“वार्तालाई निरन्तरता दिन अर्को हप्ता इजरायली वार्ताकार दोहा जाने सहमति भएको छ । इजरायली राजनीतिक पार्टीहरूबीच युद्धलाई हेर्ने सम्बन्धमा अझै पनि मतभिन्नता छ,” प्रवक्ताले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच गाजामा जारी द्वन्द्व निरन्तर जारी रहेको प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार इजरायली आक्रमणमा मारिएका दुई बालबालिकासहित छ जनाको शव मध्य शहर देइर अल–बलाहस्थित अल अक्सा शहीद अस्पतालमा आइपुगेको जनाएको छ ।

गाजा शहरको उत्तरी क्षेत्रमा रहेको एक घरमा इजरायली आक्रमणमा परी छ जनाको मृत्यु भएको पनि पारामेडिक्सले जानकारी दिएका छन् ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले मध्य गाजाको नुसिरातमा विस्थापितलाई आश्रय दिइरहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय ९यूएनआरडब्लुए० ले सञ्चालन गरेको विद्यालयमा भएको आक्रमणमा परी १६ जनाको मृत्यु भएको जनाएको थियो ।

इजरायली सेनाले आफ्नो विमानले अल–जवानी विद्यालय वरपर सक्रिय ‘आतङ्ककारी’लाई निशाना बनाएको बताएको छ ।

सेनाले यसअघि गाजापट्टीको उत्तरमा शुजैया, दक्षिणमा देइर अल–बलाह र रफाहलगायत अधिकांश क्षेत्रमा अभियान सञ्चालन गरेको बताएको थियो ।शुजैया ती क्षेत्रहरूमध्ये एक हो जुन सेनाले पहिले हमासबाट मुक्त भएको घोषणा गरेको थियो, तर यहाँ फेरि युद्ध सुरु भएको छ ।

हमासको प्रेस कार्यालय र पारामेडिक्सले स्थानीय सञ्चारमाध्यममा कार्यरत चार जना पत्रकारको शनिबार राति भएको आक्रमणमा मारिएको र युएनआरडब्लुएले आफ्ना दुई कर्मचारीको मृत्यु भएको जनाएको छ । गाजामा वितरण गरिने अधिकांश सहायताको समन्वय गर्ने यूएनआरडब्लुएले युद्धमा आफ्ना १९४ जना कर्मचारीको मृत्यु भएको जनाएको छ ।

कतार र इजिप्टसँगै युद्धविराम वार्ताको मध्यस्थता गरेको संयुक्त राज्य अमेरिकाले दुवै पक्षका लागि ‘निकै महत्वपूर्ण खुलापन’ भएको भन्दै सम्झौताको सम्भावनाबारे कुरा गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मे महिनामा युद्धविराम सम्झौताको मार्ग प्रशस्त गर्ने घोषणा गर्नुभएको थियो ।

यसमा प्रारम्भिक छ हप्ताको युद्धविराम, गाजाको जनसङ्ख्या केन्द्रबाट इजरायली सेना फिर्ता र प्यालेस्टाइनी लडाकूद्वारा बन्धक बनाइएका बन्धकहरूलाई मुक्त गर्नु समावेश थियो । वार्ता पछि रोकियो, तर एक अमेरिकी अधिकारीले बिहीबार दिएको जानकारी अनुसार हमासको नयाँ प्रस्तावले प्रक्रियालाई अगाडि बढाउँछ र सम्झौतालाई बन्द गर्ने आधार प्रदान गर्न सक्छ । रासस / एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?