भारतले निर्माण गरेको भाषा परिषद्को भवन उद्घाटन

भारतले निर्माण गरेको भाषा परिषद्को भवन उद्घाटन

अर्थ चौतारी

भारतले निर्माण गरेको भाषा परिषद्को भवन उद्घाटन

A A- A+

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले नेपाल भाषा परिषद्को भवन उद्घाटन गरेका छन् ।

भूकम्पपछि भारतको अनुदान सहयोगमा सो भवन निर्माण भएको हो । सचिव मिस्रीको नेपाल भ्रमणको अवसरमा भवनको उद्घाटन गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

विदेश सचिव मिस्री आइतबार नेपाल भ्रमण आएका हुन् । बिहान नेपाल आइपुगेका उनी भारतीय दूतावासमा वृक्षारोपणका साथै कर्मचारीहरूसँग छलफल पनि गरेका छन् । आइतबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?