एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

अर्थ चौतारी

एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

A A- A+

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अंकभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए ।उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अरू कार्य तीव्र गतिमा भइरहेको बताए । “हामीले उत्तरपुस्तिका परीक्षण र अंक अभिलेखको काम सकेका छौँ ।प्राविधिक त्रुटि नदेखिए केही दिनअगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ,” उनले भने ।उनले ५२ परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारी समेत दिए ।गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरिएको थियो । बोर्डले यो वर्ष त्योभन्दा १४ दिनअगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको उनले बताए । उनले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नजिता सार्वजनिक गरिने जानकारी दिए ।यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनैपर्ने अन्यथा ‘फेल’ भएसरह मानिने उनले बताए ।गत चैत १५ गतेदेखि सुरु भएको यो वर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?