क्यालिफोर्निया । अमेरिकाले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि मुद्दा हालेको छ । त्यहाँको न्याय मन्त्रालयले शुक्रवार टिकटक र उसको मातृ कम्पनी बाइटडान्समाथि सामाजिक सञ्जालमा बालबालिकाको गोपनीयता जोगाउन नसकेको भन्दै मुद्दा हालेको हो ।
यो मुद्दामा अमेरिकाको सङ्घीय व्यापार आयोग पनि संलग्न छ । बालबालिकाहरूको जानकारी अनधिकृत रूपमा सङ्कलन गर्ने प्रवृत्तिमा रोक लगाउन यो मुद्दा दायर गरिएको मुद्दामा भनिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले टिकटकमाथि कडाइ गरिरहँदा यो मुद्दा दायर भएको हो ।
सरकारका अनुसार टिकटकले अनलाइनमा बालबालिकाको गोपनीयता संरक्षण ऐनको उल्लङ्घन गरेको छ । यो ऐनका अनुसार अमेरिकामा १३ वर्षभन्दा मुनिका बालबालिकाको जानकारी सङ्कलन गर्न कम्पनीले तिनका अभिभावकको अनुमति लिनुपर्छ ।
अमेरिकामा टिकटकका झन्डै १७ करोड प्रयोगकर्ता छन् । जनवरी १९ सम्ममा कम्पनीले अमेरिकामा टिकटकको व्यवसाय अरूलाई बेचेन भने बाइटडान्स प्रतिबन्धमा पर्नेछ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच