एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

अर्थ चौतारी

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

A A- A+

काठमाडौँ – नेकपा (एमाले)ले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको हो।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि उक्त पद रिक्त थियो। नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो।

यस्तै, बैठकले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बैठकले प्रदेश इन्चार्जहरु पनि तोकेको छ। जसअनुसार कोशी प्रदेशमा शेरधन राई, मधेस प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनी प्रदेशमा पद्या अर्याल, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा लेखनाथ भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको महासचिव पोखरेलले जानकारी दिए।

बैठकले १७ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनितसमेत गरेको छ। सुवास कर्मचार्य, कुन्दन कुशवाह, जितेन्द्रदेव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कोमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबैकोलाई केन्द्रीय समिति सदस्य मनोनित गरिएको हो।

बैठकले निर्वाचन आयोग सदस्यहरुमा अमनसिंह तामाङ, जबि पोखरेल, नर्वदा भण्डारी, रत्ना गुरुङ र कमला केसीलाई सिफारिस गर्ने निर्णय गरेको छ भने अनुशासन आयोगमा मायानाथ अधिकारीलाई सदस्यको रुपमा मनोनित गरेको छ।

बैठकले सल्लाहकार परिषद्मा कुलानन्द गिरी, महेन्द्र थापा, पिएल श्रेष्ठ, शिवचन्द्र कुशवाह, रामप्रित पासवान, एकवाल मिया, डा. गोपाल खनाल, खालिद हुसेन हकलाई मनोनित गरेको छ।

त्यसैगरी हरि रिजाल, प्रेमबहादुर सिंह, कृष्णप्रसाद दाहाल, विनोद ढकाल, सानु श्रेष्ठ, सिर्जना शर्मा, प्रदीप भण्डारी, अर्जुनबहादुर थापा, श्याम बगाल, नारायण मरासिनी, घनेन्द्र घिमिरे, नन्दलाल रोकाया, जनक पौडेल, मेघनाथ सुवेदी लगायत अन्य केहीलाई समेत सल्लाहकार परिषद्मा मनोनित गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?