गगन भन्छन् : भ्रष्टाचारमा मुछिएकाले शक्तिमा पुग्दैमा छुट पाउँदैनन्, कारबाही हुन्छ

गगन भन्छन् : भ्रष्टाचारमा मुछिएकाले शक्तिमा पुग्दैमा छुट पाउँदैनन्, कारबाही हुन्छ

अर्थ चौतारी

गगन भन्छन् : भ्रष्टाचारमा मुछिएकाले शक्तिमा पुग्दैमा छुट पाउँदैनन्, ...

A A- A+

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसुकै शक्तिशाली व्यक्तिमाथि कुनै प्रकरणमा मुछिएको भए छानबिन गरेर दोषीमाथि कारबाही हुने बताएका छन् ।पार्टीको कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया पुगेका थापाले त्यहाँ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । ‘सबै प्रकरणमा छानबिन हुनु पर्छ । कानुनमाथि कोही पनि छैनन्’, उनले भने ।

पछिल्लो समय कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि कांग्रेसका महामन्त्रीयद्वय थापा र विश्वप्रकाश शर्मामाथि भ्रष्टाचार प्रकरणमा बोल्न छोडेको आरोप लागिरहेको छ ।पुराना भ्रष्टाचार प्रकरणमा नबोलेको आरोपबीच उनले जुनसुकै प्रकरणमा छानबिन गरेर जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने बताएका हुन् ।‘हामीकहाँ कोही सत्तामा भएकाले शक्तिशाली भएको हुन्छ । कोही पार्टीको नेता भएको कारणले बलियो हुन्छ, कोही भीडका कारण शक्तिशाली हुन्छन्’, उनले भने, ‘हामीले अहिले उठाउनुपर्ने भुटानी शरणार्थी र गिरीबन्धुको कुरा मात्रै होइन । हामी संसद्मा छौं, ढुक्क हुनुस् । नेपालमा जतिसुकै शक्तिशाली व्यक्तिलाई पनि छानबिन हुन्छ ।’

उनले यो सरकारले कसैलाई पनि नछाड्ने बताए । ‘चाहे सरकारमा बसेको कारणले होस् या पार्टीको नेता भएको कारणले होस् वा सामाजिक सञ्जालमा आउने भीडले भगवान भनिदिने कारणले होस्, जोसुकै होस्, शक्तिमा बसेको मान्छेले गल्ती गर्दा छुट पाउँछ भने त्यो लोकतन्त्र होइन’, उनले सम्बोधनका क्रममा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?