काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बजार खुलेको १ मिनेटमा पोजेटिभ सर्किट लागेको छ । शुक्रबार मौद्रिन नीति सार्वजनिक भएसँगै आज आइतबार कारोबारको पहिलो दिन सर्किट लागेको हो । नेप्सेमा ३.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको हो । सर्किट लाग्दासम्ममा नेप्सेमा १०२.६८ अंकले बढेको छ । २७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ५ लाख ५६ हजार ६५९३ कित्ता शेयर कारोबार भएको छ । सर्किट ब्रेक लाग्दा २०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सर्किट लागेको २० मिनेट पछि फेरी बजार खुल्ने छ । पहिलो सर्किट लागेको २० मिनेटका लागि बजार बन्द रहने छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच