मतगणना १२ घण्टाभित्र सकिने

मतगणना १२ घण्टाभित्र सकिने

अर्थ चौतारी

मतगणना १२ घण्टाभित्र सकिने

A A- A+

काठमाडौं । निर्वाचन आयोगले मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन दिएको छ। निर्वाचन सम्पन्न भएसँगै मतपेटिका संकलनको काम भइरहेको छ।

 

आज मध्य रातिसम्म मतपेटिका संकलन गरिने र सर्वदलीय बैठक बसेर गणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

 

शनिबार इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क मा उपनिर्वाचन सम्पन्न भएको हो। उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
इलामको गणना इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा हुनेछ। एक लाख १५ हजार ८८९ मतदाता रहेका इलाम–२ मा ६६ हजार जनाले मतदान गरेका छन्।

 

बझाङ-१ (क) मा पनि शान्तिपूर्ण रुपमा मतदान सकिएको छ। मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्ने काम भइरहेको छ। बझाङमा ५३ प्रतिशतको हाराहारीमा मतदान भएको प्रारम्भिक विवरण आएको निर्वाचन आयोगले जनाएको छ। बझाङमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?