लन्डन । बेलायतको म्यानचेस्टर विमानस्थलमा भएको एउटा घटनाको भिडियो सोसल मिडियामा ‘भाइरल’ भएको छ । उक्त भिडियोमा एक प्रहरीले आफ्नो अनुहार भुइँमा टेकेर पल्टिरहेका व्यक्तिमाथि टेजर गन ताकेर कुटपिट गरिरहेको दृश्य देखिन्छ । त्यसक्रममा प्रहरीले त्यहाँ रहेका मानिसलाई पछाडि बस्न आग्रह गरिरहेको पनि देखिन्छ ।ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार, गएको मंगलबार विमानस्थलको टर्मिनल २ मा झगडा भएको थियो । त्यसपछि कोही व्यक्तिलाई गिरफ्तार गर्न प्रयास गरिरहेको प्रहरीमाथि आक्रमण गरिएको थियो ।यद्यपि, उक्त भिडियो हेरेर मानिसले आक्रोश पोखेका छन् । बुधबार साँझ सयौँ मानिसले ग्रेटर म्यानचेस्टर प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।म्यानचेस्टर इभनिङ न्युजका अनुसार, एक प्रदर्शनकारीले त्यहाँ उपस्थित मानिसलाई अब उनीहरू ‘प्रहरीको बर्बरतामा सम्झौता नगर्ने’ बताएका थिए । प्रहरी अधिकारी वसिम चौधरीले म्यानचेस्टर हवाई अड्डामा भएको घटनाका विषयमा गरिएको प्रदर्शन शान्तिपूर्ण रूपमा सकिएको जनाएका छन् । ग्रेटर म्यानचेस्टर प्रहरीले विमानस्थलमा भएको घटनाबारे एक प्रहरी कर्मचारीलाई डिउटीबाट हटाइएको जनाएको छ । बीबीसी हिन्दीबाट ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच