बिहान शंकास्पद भनिएको वस्तु बस नभएको पुष्टि, खोजी केराघारीबाट काभ्रेघाटतिर

बिहान शंकास्पद भनिएको वस्तु बस नभएको पुष्टि, खोजी केराघारीबाट काभ्रेघाटतिर

अर्थ चौतारी

बिहान शंकास्पद भनिएको वस्तु बस नभएको पुष्टि, खोजी केराघारीबाट ...

A A- A+

चितवन– भरतपुर महागनरपालिका-२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै असार २८ गते बिहान बगेर त्रिशूलीमा खसेका दुईवटा बस र यात्रुको खोजी अहिले पनि जारी छ ।नेपाल र भारतको संयुक्त उद्धार टोलीले दुर्घटनास्थल सिमलतालदेखि केराबारीसम्म खोजी गर्ने क्रममा मंगलबार बिहान केही वस्तु भेटिएको संकेत पाएका थिए।तर दिनभरको खोजीका क्रममा भारतको एनडीआरएफ र नेपालस्थित सशस्त्र प्रहरीको टोलीले उक्त बस्तु बस नभएको पुष्टि गरेका छन् । त्यसपछि अहिले खोजी पनि उक्त शंकास्पद बस्तु भएको केराघारीबाट काभ्रेघाटतिर सोझिएको छ ।अहिले दुवै देशका उद्धार टोली केराघारीबाट अघि बढेर काभ्रेघाटतिर पुगेका हुन्। अहिले खोजी काभ्रेघाटतिर केन्द्रित गरिएको छ । तर ११ औँ दिन बित्दा पनि उपलब्धि हुन सकेको छैन ।
सिमलताल दुर्घटना : केराबारीसम्म खोजी गर्दा केही वस्तु भेटिएको संकेत
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूलीमा खसेका थिए । तर घटनाको ११ दिन बितिसक्दा पनि बस र अधिकांश यात्रु फेला पार्न सकिएको छैन । नेपाल र भारतका उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरूको अवस्था खुल्न नसकेको हो । दुर्घटनामा हराइरहेकामध्ये अहिलेसम्म २५ जनाको शव भेटिएको छ । खोजीकार्यमा संलग्न टोलीले सिमलतालबाट घुमाउनेदेखि देवघाट र काभ्रेघाटसम्म आफूलाई केन्द्रित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?