काठमाडौँ– कमला ह्यारिसले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन जुटाएकी छिन् । एक विज्ञप्ति जारी गर्दै ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त भएको घोषणा गरेकी हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्दै ह्यारिसको नामलाई राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेका थिए ।ह्यारिसले भनेकी छिन्– ‘हाम्रो पार्टीको उम्मेदवार बन्नका लागि आवश्यक समर्थन पाएकोमा मलाई गर्व छ । आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु । मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हो ।’अब ह्यारिसको उम्मेदवारीलाई डेमोक्रेटिक पार्टीको आगामी अगस्ट १९ देखि हुने नेशनल कन्भेन्सनले अनुमोदन गरेपछि उनी पार्टीको आधिकारिक उम्मेदवार बन्ने छिन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच