आफ्नै बुवाले गरे १७ वर्षीया छोरीको हत्या

आफ्नै बुवाले गरे १७ वर्षीया छोरीको हत्या

अर्थ चौतारी

आफ्नै बुवाले गरे १७ वर्षीया छोरीको हत्या

A A- A+

काठमाण्डौं । बुटवलमा फलामे रड प्रयोग गरी एक बुवाले आफ्नै छोरीको हत्या गरेका छन् ।
रूपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवा घर भएका ४८ वर्षीय नारायणबहादुर जिसीले आफ्नै १७ वर्षीया छोरी अन्जलीको हत्या गरेका हुन् । उनले बुटवल उपमहानगरपालिका–९ इटाभट्टीस्थित एक होटेलमा बुधबार साँझ छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

साथीलाई भेटन हिँडेकी छोरी साँझसम्म घर ​नफर्केपछि नारायण छोरी खोज्न बुटवल आएका थिए । बुटवलमा छोरी भेटेपछि उनीहरू होटेलमा बसेको प्रहरीले जनाएको छ ।

बाबु नारायणको प्रारम्भिक बयानअनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट हिँडेकी थिइन् । बुवा नारायणले घर जाऊ भन्दा छोरीले नमानेपछि रिसको झोंकमा रड प्रहार गरी हत्या गरेको बुवाले स्वीकारको प्रहरीले जनाएको छ ।

होटलमा छोरीको हत्यागरी भागेका उनलाई प्रहरीले बिहीबार दिउँसो कञ्चन गाउपालिका–४ थकाली चोकबाट नियन्त्रणमा लिएको डीएसपी मनोहर भटले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?