महिला एशिया कप : आज नेपाल र यूएई खेल्दै

Indu Barma of Nepal and Esha Oza of United Arab Emirates with the Women's T20 Asia Cup trophy a day ahead of start of the ACC Women's T20 Asia Cup 2024 in Dambulla, Sri Lanka, on July 18, 2024. Photo by: Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

महिला एशिया कप : आज नेपाल र यूएई खेल्दै

अर्थ चौतारी

महिला एशिया कप : आज नेपाल र यूएई खेल्दै

A A- A+

काठमाडौँ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उदघाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आजै भारत र पाकिस्तान पनि खेल्दैछन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् । यसअघि फाइनलमा पुग्ने दुई वटा टोलीले एशिया कप खेल्न पाउने भए पनि पछि एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनल खेल्ने टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले पनि अवसर पाएका हुन् । एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । आजदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल यही जुलाई २८ अर्थात आउँदो १३ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?