द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन

अर्थ चौतारी

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन

A A- A+

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो सयमदेखि आन्द्रामा देखिएको संक्रमणको उपचार गराइरहेकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहान करिब ८ बजे निधन भएको हो ।

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन

उच्च स्रोतका अनुसार श्रेष्ठलाई पेटको आन्द्रामा गम्भीर प्रकारको संक्रमण देखिएको थियो । मेडिसिटी अस्पतालमा नै उनको लामो समयदेखि त्यसको उपचार पनि भइरहेको थियो । ‘उहाँको आन्द्रामा गम्भीर संक्रमण देखिएपछि त्यसको उपचार भइरहेको थियो,’ स्रोतले भन्यो, ‘सोही समस्याका कारण यसअघि पनि उहाँलाई धेरैपटक अस्पताल भर्ना गरिएको थियो । आन्द्राको संक्रमणसँगै पछिल्लो समय उनको स्वास्थ्यमा अन्य गम्भीर जटिलता पनि देखिएको थियो ।’

नेपाल मेडिसिटी अस्पतालले औपचारिक रूपमा बिहीबार बिहान उनको निधन भएको जानकारी दिएको छ । अस्पतालकी प्रेस संयोजक अनिता श्रेष्ठका अनुसार अम्बिका श्रेष्ठको परिवारले नै अन्य सम्पूर्ण जानकारी दिने बताएका कारण अस्पतालले औपचारिक रूपमा उनको मृत्युको कुनै पनि विवरण सार्वजनिक गर्न मिल्ने अवस्था छैन ।

पटना विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण अम्बिकाले सप्तरीमा बडाहाकिम रहेका आफ्ना पति बिरामी भएपछि तीन वर्षमै उनले अमेरिकन लाइब्रेरीको आकर्षक जागिर छाडेकी थिइन् ।

घरबाहिर निस्कने पहिलो पुस्ताकी महिलामा पर्छिन् अम्बिका। पतिपत्नी मिलेर उनीहरूले मुलुककै दोस्रो ट्राभल एजेन्सी काठमाडौँ ट्राभल एन्ड टुर्स खोलेका थिए ।उनीहरूले नै खोलेको न्युरोडको पारस होटल नेताहरूको जक्सनसमेत थियो, कुनै बेला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?