फर्किने तयारीमा रहेका राजदूत शर्मा दिल्लीमै रोकिए

फर्किने तयारीमा रहेका राजदूत शर्मा दिल्लीमै रोकिए

अर्थ चौतारी

फर्किने तयारीमा रहेका राजदूत शर्मा दिल्लीमै रोकिए

A A- A+

काठमाडौं । अघिल्लो प्रचण्ड सरकारको निर्णयसँगै काठमाडौं फर्किने तयारीमा लागेका भारतका लागि राजदूत डा. शंकर शर्मा तत्काललाई रोकिएका छन् ।नेपालमा गठबन्धन फेरिएसँगै कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच छलफल भएपछि शर्मा दिल्लीमै रोकिएको उच्च स्रोतले बतायो ।‘विकसित परिस्थितिमा भारतमा राजदूत पद खाली राख्न नहुने सल्लाह उहाँहरुबीच भएको बुझियो’, स्रोतले भन्यो, ‘अहिले १५ दिनलाई थमौती भनिएको छ । डा. शर्माको कार्यअवधि लम्बिन सक्ने सम्भावना बढ्ता छ ।’ दिल्लीस्थित दूतावास स्रोतका अनुसार राजदूत शर्माले फिर्ता हुन पाएको निर्देशनसँगै झोला, गुन्टा सबै काठमाडौं पठाउन तयार पारिसकेका थिए । तर काठमाडौंबाट पाएको नयाँ सूचनासँगै उनी रोकिएका छन् ।‘सम्भवतः राजदूतज्यू यतै रहनसक्ने बुझेका छौं, उहाँले पठाउन लागेका सामान सबै रोक्नुभयो’, दूतावासका एक अधिकारीले भने ।डा. शर्मा यसअघि कांग्रेस–माओवादी गठबन्धनको सरकार हुँदा कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेर एमालेसँग सत्ता सहकार्य गरेपछि मन्त्रिपरिषदले भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो । डा. शर्मा पनि फिर्ता हुने सूचीमै थिए । तर फेरि एमालेसँग सत्ता समीकरणसँगै कांग्रेस पनि सरकारमा सहभागी भएपछि नयाँ परिस्थिति सिर्जना हुनसक्ने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?