काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक र सहचालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच