आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

अर्थ चौतारी

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

A A- A+

काठमाडौं । आज साउने सङ्क्रान्ति पर्व स्नान, दान र धार्मिक कर्म गरेर मनाइँदैछ ।सौरमास अनुसार साउन १ गतेदेखि सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । साउनदेखि सूर्य दक्षिण हुँदै हिड्ने भएकाले आजैदेखि दक्षिणायन पनि सुरु हुन्छ ।माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाउने गरिन्छ ।अधिकांश नेपाली असार महिना खेतीमा व्यस्त हुँदा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोगको उपचारका लागि साउन १ गते लुतो फाल्ने गरिन्छ ।एक महिनाभरी काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो समेत गर्छन् ।परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुते झार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फ्याक्ने चलन पनि छ ।लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ ।महिलाले साउन महिनामा हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने प्रचलन पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?