सिलिकन फेस मास्कले चीनमा बढ्यो चिन्ता, यसरी हुँदैछ चोरीका घटना

सिलिकन फेस मास्कले चीनमा बढ्यो चिन्ता, यसरी हुँदैछ चोरीका घटना

अर्थ चौतारी

सिलिकन फेस मास्कले चीनमा बढ्यो चिन्ता, यसरी हुँदैछ चोरीका ...

A A- A+

बेइजिङ । चीनमा पछिल्लो समय अति वास्तविक देखिने सिलिकन फेस मास्क लगाएर शृङ्खलाबद्ध चोरीका घटना बढेपछि यस्ता प्रडक्टलाई वैध बनाइनु हुन्छ कि हुँदैन भनेर बहस चर्किएको छ । यही मार्चमा साङ्हाईमा चार वटा घर फोडेर चोरी भयो । यी घटनाको छानबिन गर्ने क्रममा ४० वर्षका एक पुरुषले वृद्धको सिलिकन मास्क लगाएर ती चोरीहरू गरेको प्रहरीले थाहा पायो । गएको महिना प्रहरीले चियाङ्सु प्रान्तमा भएका चोरीका घटनाहरूमाथि छानबिन गर्‍यो । यी चोरीमा पनि बिजुलीको काम गर्ने एक कामदारले नचिनियोस् भनेर सिलिकन मास्क लगाएर चोरी गरेको पाइयो ।यी दुई चीनमा आपराधिक गतिविधिमा सिलिकन मास्कको बढ्दो प्रयोगको प्रतिनिधि घटना मात्रै हुन् । सक्कलीजस्ता देखिने सिलिकन मास्कको प्रयोगलाई कानुन बनाएर नियमन नगरेसम्म यस्ता घटनाहरू बढिरहने चेतावनी विज्ञहरूले दिइरहेका छन् । मास्क बनाउनु गलत नभएको सियामेन विश्वविद्यालयका वकिल लिउ चियोङ पनि भन्छन् । तर यसको प्रयोग नियमनको दायरामा आउनु पर्ने र सम्बन्धित अधिकारीहरूले फेस मास्कको ‘यथार्थता’लाई ग्रेडिङ गर्नु पर्नेमा उनी जोड दिन्छन् । अर्को समस्या के छ भने यस्ता मास्कहरू अनलाइनमा छ्यापछ्याप्ति विक्रीका लागि उपलब्ध छन् ।क्रेताले दिएको डिटेल अनुसार जस्तो पनि मास्क किन्न पाइन्छ । सबैले चोरी चकारी वा अपराधकै लागि मास्क किन्छन् भन्ने चाँहि होइन । आफूलाई मन पर्ने सेलिब्रेटीको मास्क लगाएर अरूलाई झुक्क्याउन, साथीभाइसँग प्र्याङ्क गर्न वा सिलिकन मास्क वास्तवमा कस्ता हुँदा रहेछन् भन्ने उत्सुकताका कारण किन्न खोज्ने पनि छन् । केहीले अनुहार देखाए पछि मात्रै खुल्ने पती वा पत्नीको फोन अनलक गर्न पनि यस्ता मास्क किन्ने गरेका छन् । घरबाट काम गरिरहेको बेलामा आफू अफिसमै छु भनेर देखाउन पनि यसको प्रयोग भएको पाइएको छ । उच्च कोटीको सिलिकन मास्क २३ हजार युआन (३ हजार २०० अमेरिकी डलर) पर्छ । यो बनाउन एक महिनाजति लाग्छ । मास्क लगाएर स्मार्टफोन फेशियल रिकग्निशन पास गर्न सकेन भने केही विक्रेताहरूले पैसा फिर्ता पनि दिइरहेका छन् ।आपराधिक गतिविधिमा सिलिकन मास्क प्रयोग हुने चीन एक मात्र देश भने होइन । सर्भिलियन्स सर्वत्र रहेका देशमा फेशियल रिकग्निशन प्रविधिलाई छल्न यसको प्रयोग व्यापक भइरहेका छन् । आपराधिक गतिविधिमा यसको प्रयोग बढ्न थालेपनि केही इ–कमर्श वेबसाइटहरूले सिलिकन मास्कको खोजीमा कैँची चलाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?