काठमाडौं । माल्दिभ्स टी-२० प्रिमियर लिगमा नेपाली क्रिकेटर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिबार भएको खेलमा व्यान्सा क्लबविरुद्ध सोमपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका हुन् ।मिलान क्रिकेट एकेडेमीबाट प्रिमियर लिग खेलिरहेका सोमपालले व्यान्साविरुद्ध ३ ओभर बलिङ गर्दै १४ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । उक्त खेलमा मिलान क्रिकेट एकेडेमीले अहिले १३७ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको छ ।
यसअघि शुक्रबार भएको खेलमा विकेट लिन नसकेका सोमपालले ब्याटिङमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए । सीबीएल स्पोर्टसविरुद्ध ३ ओभर बलिङ गरेका सोमपालले ४४ रन खर्चेर कुनै पनि विकेट लिन सकेका थिएनन् ।
सोही खेलमा व्याटिङमा सोमपालले १६ बलमा अविजित २९ रन जोडेका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । उक्त खेलमा मिलान एकेडेमी ६ विकेटले विजयी भएको थियो ।
जारी लिगमा सोमपाल सिम्मलित मिलान क्रिकेट एकेडेमीले हालसम्म खेलेका ३ वटै खेलमा जीत हासिल गर्दै ६ अंक बटुलेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच