काठमाडौँ । सरकार गठनको आह्वानअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्लाई छलफलमा बोलाइका छन् । उनले शुक्रबार अपराह्नका लागि वरिष्ठ अधिवक्ता, संविधानविद्लगायतलाई छलफलमा बोलाएका हुन् । संविधानविद् भीमार्जुन आचार्यले आफूलाई पनि राष्ट्रपति कार्यालयबाट बोलावट भएपनि नगएको बताए । नयाँ सरकार गठनका लागि कुन धाराको प्रयोग गर्ने भन्ने विषयमै राष्ट्रपतिले परामर्श गर्न चाहेको बुझेको उनको भनाइ छ । तर, उनले नयाँ सरकार गठनका लागि राष्ट्रपतिले संविधानको धारा ७६(२) वा (३) जुन प्रयोग गरेपनि फरक नपर्ने तर्क गरे ।प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित भएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । तर, कुन धारा अनुसार गर्ने भन्नेबारे स्पष्ट हुन राष्ट्रपतिले कानुनविद्लाई बोलाएको शीतल निवास स्रोतको भनाइ छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच