एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्न गृहमन्त्री लेखकको भनाई

एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्न गृहमन्त्री लेखकको भनाई

अर्थ चौतारी

एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्न गृहमन्त्री ...

A A- A+

काठमाडौं, १९ भदौ । गृहमन्त्री रमेश लेखकले एमाले र कांग्रेसबीच सत्ता सहकार्यको लागि भएको ७ बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरको नवनिर्मित भवनको आज उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मन्त्री लेखकले एमालेसँग भएको सहमति इमान्दार रुपमा कार्यान्वयन गर्न कांग्रेस तयार रहेको बताए।

सम्बोधनको क्रममा उनले भने,‘एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयनमा शंका नगर्नुहोस, कांग्रेस इमानदार छ । दुवै दल इमानदार छौं ।’ उनले एमालेसँग भएको ७ बुँदे सहमति पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेकोले कार्यान्वयनमा कुनै समस्या नहुने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?