आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु

आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु

अर्थ चौतारी

आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु

A A- A+

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को आह्वानमा भएको आन्दोलनका एक घाइतेको उपचारको क्रममा मृत्यु भएको छ ।

राजधानीको भद्रकालीस्थित सुरक्षा घेरा तोडेर अगाडि बढ्ने क्रममा नेपाल प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग गरेको अश्रुग्यासको असरबाट उपचाररत बर्दियास्थित राप्रपाको मधुवन नगरपालिका अध्यक्ष ठाकुरप्रसाद डाँगीको आर्मी अस्पताल छाउनीमा मृत्यु भएको हो ।

राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठन अध्यक्ष पूर्व महासेनानी प्रकाशजंग कार्कीका अनुसार उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।भद्रकालीस्थित निषेधाज्ञा तोड्ने क्रममा घाइते भएका डाँगीको उपचारको क्रममा मृत्यु भएको अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष कार्कीका अनुसार उनका छोरा आर्मीमा भएकाले छाउनी अस्पतालमा राखिएको थियो । सरकारलाई राखेको ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले चैत २७ गते काठमाडौँमा निकालेको जुलुसले निषेधित क्षेत्र तोडेको थियो ।जुलुसले निषेधित क्षेत्र तोड्न खोजेपछि सिंहदरबार अगाडिबाट माइतीघरतर्फ जाने क्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

त्यस क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन आफैँ निषेधित क्षेत्रमा प्रवेश गरेका थिए । सहकारी ठगी आरोप लागेका गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलन दबाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए ।सो क्रममा काठमाडौँका डीएसपी पवन भट्टराई लगायतका प्रहरी घाइते भएका थिए । डीएसपी भट्टराईको हातमा चोट लागेको थियो ।

आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेका थिए । आन्दोलनमा प्रहरीले पानीको फोहरा हानेको थियो । सांसद ज्ञानेन्द्र शाही लगायतका केही आन्दोलनकारी पक्राउसमेत परेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?