गुडिरहेको बसको इन्जिन पड्किएपछी…

गुडिरहेको बसको इन्जिन पड्किएपछी…

अर्थ चौतारी

गुडिरहेको बसको इन्जिन पड्किएपछी…

A A- A+

काठमाडौंं । काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा बसमा सवार एकजना घाइते भएका छन् । घाइते हुनेमा दोलखा घर भई हाल काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा छन् ।

प्रहरीका अनुसार बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा प्र.३-०१-००५ख ९८६६ न.को बाबा गोकर्णेश्वर बस गुडिरहेको अवस्थामा एक्कासि इन्जिन पड्किएको थियो । घाइते लामाको अर्थपेडिक अस्पताल नारायणटारमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?