कञ्चनपुरमा किन भयो अहिलेसम्मकै रेकर्ड वर्षा ?

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 60

कञ्चनपुरमा किन भयो अहिलेसम्मकै रेकर्ड वर्षा ?

अर्थ चौतारी

कञ्चनपुरमा किन भयो अहिलेसम्मकै रेकर्ड वर्षा ?

A A- A+

काठमाडौँ । यस पटकको मनसुनमा कञ्चनपुर जिल्लामा सबैभन्दा धेरै वर्षा भयो ।जल तथा मौसम विज्ञान विभागका अनुसार असार २४ गते बिहान ८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मिमि, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिमि र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमि. वर्षा भएको थियो। विभागका अनुसार वायुमण्डलीय तथ्याङ्क, भू-उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषण गरिएको थियो ।

उक्त दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू-भाग आसपासको तल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा सम्मिश्रण भई अति भारी वर्षा भएको देखिन्छ।विभागको वि.सं. २००३ देखिको उपलब्ध तथ्याङ्क अनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा हो । यसअघि मिति २०७४ साउन २९ गते हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मिमि वर्षा मापन गरिएको थियो भने भू-संरक्षण विभागको तथ्याङ्क अनुसार मिति २०५० साउन ५ गते  मकवानपुर जिल्लाको टिस्टुङ् वर्षा केन्द्रमा ५४०.० मिमि वर्षा मापन गरिएको थियो ।यस वर्ष जेठ २८ देखि पूर्वी नेपालबाट सुरु भएको मनसुन मिति २०८१ असार १४ गतेदेखि २०८१ असार २४ गतेसम्म सक्रिय भएको थियो । यसै क्रममा सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू-भागमा मिति २०८१ असार २३ र २४ गते अति भारी वर्षा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?