बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए राजीनामा

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए राजीनामा

अर्थ चौतारी

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए राजीनामा

A A- A+

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री भएका पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई राजीनामा बुझाएसँगै सरकारबाट बाहिरिएको हो ।एमालेले जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशव पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठले राजीनामा बुझाएको स्वास्थ्य मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।एमालेका मन्त्रीको राजीनामासँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । ११० सदस्यीय बागमती प्रदेशमा एमालेको सबैभन्दा बढी ३७ सिट छ । यस्तै, कांग्रेसको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ ।केन्द्रमा कांग्रेस–एमालेको नयाँ गठबन्धन बनाउने सहमतिपछि त्यसको असर प्रदेशमा पनि देखिएको हो । जस अनुसार एमालेले लुम्बिनी र सुदूरपश्चिम सरकार छोडिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?