मोरङ – सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सप्तरी र सुनसरीको सीमानामा पर्ने आइतबार अपराह्न ४ बजे पानीको बहाव ३ लाख ९३ हजार ७ सय १५ क्यूसेक पुगेको छ।यसअघि दिउँसो १ बजे पानीको बहाव ३ लाख ८६ हजार ७ सय ३५ क्यूसेक मापन गरिएको थियो।आइतबार बिहान करिब ९ बजे नदीमा पानीको बहाव ३ लाख ४९ हजार क्यूसेक पुगेयता बहाव निरन्तर बढ्दै गएको छ। नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा नदीमा पानीको बहावमा कमी नआएको प्रहरीको भनाइ छ। कोशी ब्यारेजले अधिकतम ९ लाख क्यूसेक पानीको वहाव थेग्न सक्ने बताइन्छ।जिल्ला प्रशासन कार्यालय सुनसरीले नदीका आसपासमा बसोबास गर्ने सर्वसाधारणहरुलाई केहीसमय सुरक्षितस्थलमा रहन आग्रह गरेको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच