कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : सांसद दाहाल

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : सांसद दाहाल

अर्थ चौतारी

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : सांसद दाहाल

A A- A+

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नआउने बताएका छन् ।आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको बताए ।संवैधानिक प्रावधान अनुसार एक महिना नकुरेर त्यसअगावै हुने गरी यही असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उल्लेख गर्दै उनले प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार नै अगाडि बढ्ने बताए ।‘प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुहुन्छ । कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन । २८ गते विश्वासको मत लिने प्रक्रियासम्म पर्खिन यहाँहरूलाई आग्रह गर्छु,’ सांसद दाहालले भने ।साथै प्रधानमन्त्रीलाई नैतिकताको पाठ नसिकाउन पनि उनको आग्रह छ । सांसद दाहालले अगाडि भने, ‘कोही अनैतिक र भ्रष्टले नैतिकताको पाठ सिकाइरहन पर्दैन ।’नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका छन् । दुई ठूला दल मिलेर सरकार बनाउने सहमति भएसँगै दुवै दलको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय लिएका छन् ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन सुझाएका छन् । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने सांसदहरूलाई माओवादी सांसद दाहालले यही असार २८ गतेसम्म पर्खिन भनेका हुन् ।असार २८ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?