बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

अर्थ चौतारी

बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

A A- A+

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

 

प्रधानमन्त्री दाहालले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सबै निकायलाई निर्देशनसमेत दिएका छन् । बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरणका लागि सबै तहका सरकारले पूर्वतयारीको काम गरिरहेका प्रधानमन्त्रीको भनाइ छ ।

 

‘यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस सन्दर्भमा सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु।’

 

उनले बाढी पहिरोबाट नागरिकलाई जोगाउने सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति पनि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिल पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?