अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

अर्थ चौतारी

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

A A- A+

काठमाडौं । विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एनआरजी स्टेडियममा आज बिहान भएको खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।खेलको ३५औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो। खेलको ६४औँ मिनेटमा पेनाल्टी मिस गर्दा खेल बराबरीमा ल्याउन चुकेको इक्वेडरले खेलको अन्तिम समयमा गोल गर्‍यो।इक्वेडरका केल्भिन रोड्रिगोले ९१औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याए। ​ त्यसपछि भएको पेनाल्टीको पहिलो गोल नै मेस्सीले मिस गर्न पुगे। त्यसपछि अर्जेन्टिनाका चार खेलाडीले गोल गर्दै सेमिफाइनलमा पुर्‍याए।  अर्जेन्टिनाले सेमिफाइनलमा भेनेजुएला र क्यानडाको विजेतासँग खेल्नेछ। यी दुईबीचको खेल भोलि बिहान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?