प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक २०८१ पारित

काठमाडौँ, असार ः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सहभागी सांसद । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक २०८१ पारित

अर्थ चौतारी

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक २०८१ पारित

A A- A+

काठमाडौं– प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिएका थिए  । बैठकले सांसद सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?