रुसमा रेलको डब्बा लिक बाहिर निस्किँदा ७० जनाभन्दा बढी घाइते

रुसमा रेलको डब्बा लिक बाहिर निस्किँदा ७० जनाभन्दा बढी घाइते

अर्थ चौतारी

रुसमा रेलको डब्बा लिक बाहिर निस्किँदा ७० जनाभन्दा बढी ...

A A- A+

मस्को । रुसमा एउटा यात्रुवाहक रेलका नौ वटा डिब्बा लिकबाट खस्दा ७० जनाभन्दा बढी घाइते भएका छन् । रुसका स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक छ ।यस घटनामा हालसम्म कसैको मृत्यु भएको पुष्टि भएको छैन । यात्रुवाहक रेल उत्तर–पूर्वी कोमीको भोर्कुटाबाट नोभोरोस्सिएस्कको ब्ल्याक सी बन्दरगाहतर्फ जाँदै थियो ।दुई स्थानबिचको दूरी पाँच हजार किलोमिटर छ । दुर्घटनामा परेको ट्रेनको नाम ट्रेन ५११ हो । भर्खरैको भारी बर्षाको कारण उक्त सडक अवरुद्ध भएको हुन सक्ने बताइएको छ ।रिपोर्टकाअनुसार १४ डब्बा भएको सो रेलमा २३२ जना यात्री सवार रहेको रेलवे अपरेटरले बताएको छ ।

प्रभावित सडकमा यातायात अवरुद्ध

रेल अधिकारीका अनुसार दुर्घटना स्थानीय समयअनुसार साँझ ६ः१२ बजे इन्टा सहर नजिक भएको थियो । टेलिग्राममा जारी विज्ञप्तिअनुसार आपत्कालीन सेवाका अधिकारी र राहत टोली घटनास्थलमा पठाइएको छ । घाइते यात्रुहरूलाई सहयोग गर्ने उपायहरू भइरहेका छन् । उक्त खण्डमा सवारी आवागमन रोक्का गरिएको छ । पीडितहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । भौगोलिक रूपमा उत्तर–पूर्वी कोमी आर्कटिक सर्कलभन्दा माथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?