काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको जानकारी दिएको हो । जसअनुसार छापावाल सुन तोलामा बुधबार १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार हुँदा चाँदीको पनि मूल्य घटेको छ । मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच