घोडाघोडीमा चट्याङ्ग लागेर तीन विद्यार्थी गम्भीर घाइते

घोडाघोडीमा चट्याङ्ग लागेर तीन विद्यार्थी गम्भीर घाइते

अर्थ चौतारी

घोडाघोडीमा चट्याङ्ग लागेर तीन विद्यार्थी गम्भीर घाइते

A A- A+

कैलालीमा चट्याङ लागेर ३ जना विद्यार्थी गम्भीर घाइते भएका हुन् । विद्यालय जाने क्रममा आज बिहान पौने ७ बजे जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकाहरू गम्भीर घाइते भएका हुन् ।इलाका प्रहरी सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।गम्भीर घाइते बालिका एक बालिकाका चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउको चोट लागेको प्रहरी नायव उपरीक्षक पालले बताए ।उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?