अछाम । बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर अछामको तुर्माखाँद गाउँपालिकामा मङ्गलबार दिउँसो एक बालकको ज्यान गएको छ । तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक सोही गाउँपालिका–६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको ज्यान गएको हो ।करेन्ट लागेर बिमलको घटनास्थलमै ज्यान गएको स्थानीय गणेश बहादुर शाहीले जानकारी दिनुभयो । मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको बताइएको छ ।बिमलसँगै गएका झंकर भने सकुशल रहेको शाहीको भनाइ छ । मृतक विमल स्थानीय कामेश्वरी माविमा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच