सबै कलाकारकाे गीत चलाेस्, फिल्म चलोस्, रुँदै हिँड्न नपरोस् : समीक्षा अधिकारी

सबै कलाकारकाे गीत चलाेस्, फिल्म चलोस्, रुँदै हिँड्न नपरोस् : समीक्षा अधिकारी

अर्थ चौतारी

सबै कलाकारकाे गीत चलाेस्, फिल्म चलोस्, रुँदै हिँड्न नपरोस् ...

A A- A+

गायिका समीक्षा अधिकारीले कुनै पनि कलाकारले रुँदै हिँड्न नपराेस् भनेर कामना गरेकी छन् ।मं‌गलबार दिउँसाे सामाजिक सञ्जालमार्फत उनले असफल हुँदा खुसी हुने र सफल हुँदा खुट्टा तान्नेहरू धेरै भेटिने भए पनि सबै कलाकारहरूलाई सफलता मिलाेस् भन्ने आफ्नाे चाहना रहेकाे बताएकी हुन् । उनले आफू उठ्दै लाग्दा बेस्सरी ठेस लागेर लडेकाे र उठ्न धेरैले साथ दिएकाले आफू संसारकै भाग्यमानीझैँ लाग्ने गरेकाे पनि बताएकी छन् । उनले 'बाँचुञ्जेल रिस राग र डाह मनमा पालेर के नै हुन्छ र' भनेर पनि प्रश्न गरेकी छन् । समीक्षाले लेखेकाे स्टाटस झट्ट हेर्दा भावनात्मक देखिए पनि उनले कुनै कलाकारलाई व्यङ्ग्य गरेकाे हुन सक्ने चर्चा कमेन्टहरूमा भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?