सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले सम्भावना बोकेका क्षेत्रहरूमा स्थानीय सरकारले लगानी गर्न आवश्यक रहेको बताएका छन । जोशीपुर गाउँपालिकाको १२ औँ गाउँ सभा अधिवेशनमा बोल्दै उनले आन्तरिक स्रोत वृद्धि हुने ठाउँमा लगानी गर्न स्थानीय सरकारलाई आग्रह गरेका हुन । स्थानीय सरकारको आन्तरिक आम्दानी कम हुने गरेको उल्लेख गर्दै मन्त्री चौधरीले राजस्व उठाएर आम्दानी गर्न सकिने सम्भावना बोकेका क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए । कुनैपनि सरकारले बजेट विनियोजन गरेरमात्रै नहुने भन्दै उनले कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गरे । “बजेट कार्यान्वयन गर्ने क्रममा थुप्रै चुनौती आउने गरेका छन्”, मन्त्रीले अगाडि थपे,“त्यसैले बजेट विनियोजन गरेरमात्रै हुँदैन । कार्यान्वयनतर्फ ध्यान दिनु पर्दछ ।”जोशीपुर बजारलाई केन्द्रबिन्दु मानेर पाँच किलोमिटर उत्तर र पाँच किलोमिटर दक्षिण बौनियाँ–भजनी सडक कालोपत्रेका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको मन्त्री चौधरीले बताए । यसैगरी, झबहीदेखि विष्णापुरसम्मको मूल सडकका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको उल्लेख गरे ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच