श्रीमती जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्।कञ्चनपुरका ३३ वर्षीय पुरुष पक्राउ परेका हुन्। उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले बताए। शाहकी श्रीमतीले जबरजस्ती करणीमा उजुरी दर्ता गरेकी थिइन्।उनले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिए। शाहलाई नेपालगञ्जबाट सोमबार इलाका प्रहरी कार्यालय सुखडमा ल्याएर हिरासतमा राखिएको छ। मङ्गलवार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक साउँदले बताए।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच