काठमाडौँ महानगरपालिकाकाे बजेट सभामा ड्रोनकाे प्रयोग हुने

काठमाडौँ महानगरपालिकाकाे बजेट सभामा ड्रोनकाे प्रयोग हुने

अर्थ चौतारी

काठमाडौँ महानगरपालिकाकाे बजेट सभामा ड्रोनकाे प्रयोग हुने

A A- A+

काठमाडौँ । संघीय सरकार समेत रहेको काठमाडौँ महानगरपालिकाले बजेट सभालाई विशेष कभर गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१–८२ को पालिका बजेट, नीति तथा कार्यक्रम तथा नगर आर्थिक विधेयक २०८१ सार्वजनिक गर्दै गरेको महानगरपालिकाले सोमबारको नगर सभामा विशेष व्यवस्था गरेको हो । राष्ट्रियसभामा आयोजित नगर सभालाई विशेष सजावट गरिनुका साथै सभाको सम्पूर्ण गतिविधि छायाङ्कनका लागि विशेष ड्रोनको प्रयोग गरिएको महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्ने र पारित गर्ने साथै उपमेयर सुनिता डङ्गोलबाट आर्थिक वर्ष २०८१–८२ को वार्षिक बजेट समेत सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । लगत्तै महानगरका मेयर (प्रमुख) बालेन्द्र शाह (बालेन) ले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?