गैरकानुनी ढंगले नेपाली महिलालाई कुवेत पठाउने काम रोकौँ : उपसभापति गुरुङ

गैरकानुनी ढंगले नेपाली महिलालाई कुवेत पठाउने काम रोकौँ : उपसभापति गुरुङ

अर्थ चौतारी

गैरकानुनी ढंगले नेपाली महिलालाई कुवेत पठाउने काम रोकौँ : ...

A A- A+

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली महिलालाई कुवेतमा गैरकानुनी रूपमा पठाउने काम रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उपसभापति गुरुङले पछिल्लो ६ महिनामा १० हजार नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पठाउने काम भएको बताए ।पछिल्लो ६ महिनाभित्र १० हजार नेपाली महिला दिदी बहिनीहरु गैरकानुनी बाटोबाट त्यहाँ (कुवेत) पुगेको सूचना प्राप्त भयो । कुवेतमा घरेलु कामदार पठाउन बन्द गरौँ । सरकारले ढोका बन्द गरे पनि झ्याल खुला राखिदियो । झ्याल कुरा राखिदिँदा नेपाली दिदी बहिनीले साह्रै दुःख पाइराखेका छन्,’ उनले भने ।नेपाली महिला दिदी बहिनीलाई नेपालबाट सेटिङ गरेर दुबई हुँदै कुवेत पुर्‍याउने काम रोक्न सरकारको पूर्ण रुपमा ध्यानाकृष्ट हुनुपर्ने गुरुङले बताए । ‘महिला दिदी बहिनीलाई गैरकानुनी रूपमा कुवेत पुर्‍याउने कार्य तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने । कुवेतमा ४१ हजार नेपाली महिला रहेका भन्दै यी मध्य २७ हजार महिला दिदी बिहिनी गैरकानुनी रहेको गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?