तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता

अर्थ चौतारी

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता

A A- A+

 काठमाडौं । तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएकी हुन् ।नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विधेयक ल्याइएको उल्लेख छ आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नका लागि विश्वविद्यालय स्थापना गर्ने विधेयकको उद्देश्य छ ।काठमाडौंको तिलगंगामा रहेको तिलगंगा आँखा उपचार केन्द्रले आँखाको सबैथरी उपचारसँगै लेन्स उत्पादन गर्दै आएको छ । जुन लेन्स विश्वभर नै बिक्री हुँदै आएको छ । डा. सन्दुक रुइतसहितको अगुवाइमा खुलेको उक्त आँखा अस्पतालले विश्वविद्यालय सञ्चालनको माग राख्दै आएको थियो ।३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त विधेयक संसदमा पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?