पाकिस्तानलाई हराउँदै भारतलाई ‘वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स’काठमाडौँ । वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स प्रतियोगिताको फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ ।शनिबार भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । भारतले पाँच विकेट गुमाएर उक्त लक्ष्य पछ्यायो ।भारतका लागि अम्बाती रायडुले सर्वाधिक रन बनाए । रायुडुले ३० बलमा ५० रनको इनिङ्स खेले । गुरकीरत सिंह मानले ३४ र युसुफ पठानले ३० रनको योगदान दिए । भारतका लागि अनुरित सिंहले सर्वाधिक ३ विकेट लिए ।पाकिस्तानका लागि आमिर यामिन २ विकेट लिएर सर्वाधिक सफल बलर बने । अम्बाती रायुडु प्लेयर अफ द म्याच र युसुफ पठान प्लेयर अफ द सिरिज चुनिए।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच