काठमाडौँ । पशु चौपायामा नस्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको वीर्य आगामी साउनदेखि किसानलाई वितरण गरिने भएको छ । आगामी साउनदेखि भारतबाट ल्याइएका मुर्रा राँगा, अमेरिका र कोरियाबाट ल्याइएका साँढे गरी ६ लाख बढी डोज वीर्य किसानलाई उपलब्ध गराइने छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा.जगदीश पाण्डेयका अनुसार ६ लाख ४० हजार डोज वीर्य उत्पादन भएको छ । ‘आजको कलेक्सन हामीले ऐतिहासिक हो । स्थापना कालदेखि सबैभन्दा बढी वीर्य सङ्कलन गरेका छौँ,’ उनले भने, ‘अझै हामीले दुई पटकसम्म कलेक्सन गर्छौ, साउनदेखि किसानलाई उपलब्ध गराउने छौँ।’ गत ६ लाख १३ हजार डोज वीर्य सङ्कलन गरिएकोमा यो वर्ष हालसम्म ६ लाख ४० हजार डोज वीर्य सङ्कलन भएको छ । १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उनले बताए । किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच