महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्की किशोरी बेपत्ता

महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्की किशोरी बेपत्ता

अर्थ चौतारी

महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्की किशोरी बेपत्ता

A A- A+

काठमाडौं । महाकाली नदीमा डुबेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ। नदीमा डुबेकी अर्की किशोरी बेपत्ता भएकी छन्।

शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको शव सशस्त्र प्रहरीले असार ८ गते फेला पारेको हो।

सोही गाउँपालिकाको स्वाला बस्ने १३ वर्षिया रजनी चाड र १२ वर्षिया अस्मिता चाड महाकाली नदीमा नुहाउन क्रममा बेपत्ता भएका थिए।

 

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कुस्मौताघाटबाट खटिएको सुरक्षा फौजले रजनी चाडको शव फेला पारेको छ। बेपत्ता अस्मिता चाडको भने खोजी कार्य भइरहेको  प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?