भक्तपुरमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु

भक्तपुरमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु

अर्थ चौतारी

भक्तपुरमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु

A A- A+

काठमाडौं । भक्तपुरमा सुमो गाडीको ठक्कले एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेका छन् ।घर्तीलाई शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिएको थियो ।गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै भक्तपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।प्रहरीले गाडीका चालक काभ्रेको धुलिखेल-९ का ५४ वर्षीय मधुकर केसीलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?