बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै निर्वाचन कार्यक्रम घोषणा गरिनु आपत्तिजनक : समाजवादी प्रेस संगठन

बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै निर्वाचन कार्यक्रम घोषणा गरिनु आपत्तिजनक : समाजवादी प्रेस संगठन

अर्थ चौतारी

बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै निर्वाचन कार्यक्रम घोषणा गरिनु ...

A A- A+

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै नेपाल पत्रकार महासंघद्वारा निर्वाचन कार्यक्रम घोषणा गरिनु आपत्तिजनक भएको बताएको छ । शनिबार सो संगठनका अध्यक्ष विश्वमणि सुवेदीले एक विज्ञप्ति जारी गर्दै महासंघको सो कार्य आपत्तिजनक रहेको बताएका हुन् ।विज्ञप्तिमा भनिएको छ : ‘सदस्यता विवाद हल गरेरमात्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिनुपर्छ भन्ने बहुसंख्यक पत्रकार संगठनको मागलाई लत्याउँदै नेपाल पत्रकार महासंघद्वारा निर्वाचन कार्यक्रम घोषणा गरिनु आपत्तिजनक विषय हो ।’अध्यक्ष सुवेदीले महासंघको निर्वाचन गर्नका निम्ति तयार पारिएको सदस्यता विवरणमा आफूहरुले आपत्ति जनाउँदै तालाबन्दी गर्नुपरेको स्मरण गर्दै सोही विवरणका आधारमा निर्वाचन गराउन खोज्नु आपत्तिजनक रहेको बताएका छन् । सो संगठनसहित प्रगतिशील पत्रकार संघ नेपाल र प्रेस मञ्च नेपालले सदस्यता विवरणमा आपत्ति जनाउँदै जेठ १४ गते महासंघको केन्द्रीय कार्यालयसहित विभिन्न जिल्ला शाखामा तालाबन्दी गरेको थियो । महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

samajbadi-press

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?