कैलाली । कैलालीमा एकैदिन ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएका गोदावरी नगरपालिका ५ बस्ने २५ वर्षका हरिकुमार खुना , लागुऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएका टीकापुर नगरपालिका ३ बस्ने ३४ वर्षका रामसेवक चौधरी रहेका छन् । त्यसैगरी किर्ते मुद्दामा ५ महिना ८ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका(१५ बस्ने ४० वर्षका रामकृष्ण राना र ३० वर्षका रामअप्तार राना र सार्वजनिक मुद्दमा २ हजार रुपैयाँ जरिबाना तोकिएका धनगढी ७ बस्ने ३० वर्षका प्रकाश खडायत रहेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिबाना ठहर भई फरार रहेका उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच