सोविता गौतमले पर्यटनमन्त्रीलाई सोधिन् : नेपाल एयरलाइन्स सुधारमा के के काम भयो ?

सोविता गौतमले पर्यटनमन्त्रीलाई सोधिन् : नेपाल एयरलाइन्स सुधारमा के के काम भयो ?

अर्थ चौतारी

सोविता गौतमले पर्यटनमन्त्रीलाई सोधिन् : नेपाल एयरलाइन्स सुधारमा के ...

A A- A+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले वायु सेवा सुधार सम्बन्धी सुझाव के के कार्यान्वयन भयो भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङसँग जवाफ मागेकी छन् ।बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले नेपाल सरकारको शतप्रतिशत लगानी रहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) निरन्तर घाटामा रहेको स्मरण गराइन् ।सरकारले निगमको सुधारका लागि सुझाव दिन २०५८ सालयता ८/९ वटा सुझाव समिति तथा कार्यदल गठन भएको उल्लेख गर्दै उनले ती सुझाव के कति कार्यान्वयन भए भनेर सोधेकी हुन् ।पछिल्लो पटक २०७६ मा गठित सुझाव कार्यदलको प्रतिवेदन पेश भएको र उक्त प्रतिवेदनमा तत्काल गर्न सकिने सुधार र दीर्घकालीन सुधारहरु उल्लेख गरिएको भन्द सांसद गौतमले प्रश्न गरिन्, ‘सुझाव कार्यदल गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नाले मात्र वायु सेवा सुधार हुँदैन । सो सुझाव के के कार्यान्वयन भयो ? के बाँकी छ ?’यसबारे संसदलाई जानकारी गराउन उनको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?